काठमाडौं, नेपाली कांग्रेसका सभापति गगन थापाले एकातिर प्रधानमन्त्री वालेन्द्र शाहसँग सत्ता सहकार्यको संवाद र अर्कोतिर आफूलाई सरकारले पक्राउ गर्न लागेको प्रचारबाजी एकै साथ सुरु गरेका छन् । जेनजी विद्रोहपछि मुखै नहेर्ने भनिएका केपी ओलीसँग भेटवार्ता र सहकारी ठगीलगायतका मुद्दामा रवि लामिछानेका एक–एक कर्तुतका लिखित प्रमाण रहेको दाबी गर्दै कुर्लने सभापति थापा अहिले एकाएक उनीहरू दुवैप्रति अस्वाभाविक ढंगले आफैँ नजिकिन थालेका हुन् ।
उनले यो चालबाजी ‘इनम प्रकरण’बाट उम्कनका लागि मात्रै गरेका हुन् कि साच्चै पार लगाउने मिसनमा लागेका हुनु भन्नेचाहिँ प्रतीक्षाको विषय बनेको छ । नेपाली कांग्रेसको निर्वाचित नेतृत्वलाई अपदस्थ गरेर आफूलाई सभापति घोषित गरेका गगन थापाले पार्टीको आधिकारिकता प्राप्त गर्न बिचौलिया इनम सापकोटामार्फत अदालतमा गरेको चलखेलका बारेमा सापकोटा पक्राउ परेपछि दिएको प्रारम्भिक बयानको अंश चुहिएपछि रन्थनिएर ‘चोरको खुट्टो काट् भनेपछि ऊ तर्सिएर खुट्टो ताने’जस्तै गरी बालेन सरकारले आफूलाई पक्राउ गर्न लागेको भनी आफैँ प्रचार गरेर सबैलाई आश्चर्यचकित बनाएका छन् ।
उच्च तहका न्यायाधीश, प्रहरी अधिकारी, राजनीतिककर्मी र बिचौलियाहरूको नेटवर्क मिलाउने कार्यमा संलग्न रहेको आरोपमा गत असोज ११ गते पक्राउ परेर प्रहरी हिरासतमा रहेका सापकोटा एक विवादास्पद पात्र हुन् । उनी पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ परेको भोलिपल्टै विमानस्थलबाट पक्राउ परेका हुन् । उनको सिंगापुरमा कम्पनी, दुबईमा अपार्टमेन्ट गरेको आशंकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाललगायत सात जना न्यायाधीश उनलाई भेट्न होटल हिमालय पुगेको विवरण सार्वजनिक भएको छ ।
उक्त काण्डमा प्रधानन्यायाधीश डा. मनोज शर्मालगायतका अन्य व्यक्तिहरूको संलग्नता रहेको विवरण सार्वजनिक भएपछि घटनाले गम्भीर मोड लिएको छ । सोही घटनामा कांग्रेसका गगन थापा र उमेश श्रेष्ठ पनि मुछिएका छन् । उनीहरू मुछिएको प्रारम्भिक विवरण बाहिर आएपछि गगन थापाले प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको रोइलो गर्दै आएका छन् । गगनले आफूलाई पक्राउ गर्न लागिएको कुराको ‘स्याल हुइँया’ नै गरेका छन् । महामन्त्रीद्वय प्रदीप पौडेल, डीला संग्रौलालगायत रामहरि खतिवडा, गुरु घिमिरेहरूले सभापति थापालाई पक्राउ गर्न लागिएको कुरो दोहोर्याएका छन् ।
त्यही मेसोमा गत वर्षका जेनजी विद्रोहपछि एमालेका केपी ओलीसँग सबै खाले सम्बन्ध विच्छेद गरेको घोषणा गरेका थापा एकाएक सहयोग र सहकार्यको याचना गर्न ओली निवास गुण्डु पुगेको समाचार पनि सार्वजनिक भएको छ । उनले यो रोइलो सुरु गर्दा आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउने कुरा गाईँगुई सुनिन थालेको थियो । कार्की उनलाई पक्राउ गर्ने पक्षमा रहेको बुझिएको छैन । तर सरकारले कार्कीलाई हटाएर डा. मनोज केसीलाई आइजीपी बनाएको छ । आईजीपी केसी गगनको ससुराली खलक हुन । आरजू देउवालाई नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ गर्न नक्कली अडियोलगायतका नक्कली प्रमाण बनाएर जुटाउने प्रहरी अधिकृत पनि उनै हुन् ।
त्यति बेला गगनले नै उनलाई भित्री आडभरोसा दिएको कुरा पनि प्रकाशमा आएको थियो । त्यसको मतलब आफ्नो मान्छे आईजीपी बन्ने भएपछि आफूलाई पक्राउ गर्न लागेको स्याल हुइँया गराएर पक्राउ नपरेपछि सरकार डराएर पछि हटेको स्टन्टबाजी गर्न गगनले यस्तो नौटंकी गरेको पनि नहोला भन्न सकिँदैन । किनभने अहिलेसम्म गगनलाई पक्राउ गर्न खोजिएको कुराको कतैबाट पुष्टि हुन सकेको छैन । कतैबाट तीन सातासम्म पुष्टि नहुने हल्ला चलाउनु भनेको नक्कली प्रचारबाजी नै हो । यस्तो नक्कली कुरा गरेर घटनालाई आफूअनुकूल बनाउन उनी खप्पिस मानिन्छन् । २०७० को आम निर्वाचिनअघि गगन थापा उम्मेदवार भएको काठमाडौं क्षेत्र नं ४ मा एउटा बम बिस्फोटको घटना भयो, केही पनि मानिस नमरेको चुनावी प्रचार र्यालीमा भएको उक्त बम बिस्फोटको कारण नै गगनले चुनाव जितेका थिए ।
उक्त बम काण्डलाई गगनले चुनाव जित्नकै लागि गरेको षड्यन्त्रपूर्ण घटनाको व्याख्या गर्नेहरू पनि भेटिन्छन् । अहिले पनि आफूमाथि लागेको न्यायालयमा बिचौलिय सापकोटामार्फत १८ करोड बुझाएर पार्टीको आधिकारिकता लिएको आरोपलाई आफूअनुरूप परिणाममा बदल्न अहिले आफूलाई प्रकाउ गर्न लागिएको स्याल हुइँया चलाइएको हुनसक्ने आशंका गर्न थालिएको छ । उनलाई पक्राउ गर्न लागिएको होइन भन्ने लगभग पृष्टि भइसकेको छ तर स्याल हुइँया चलिरहेको होइन भन्ने लगभग पृष्टि भइसकेको छ तर स्याल हुइँया चलिरहेको छ । गत कात्तिक १३ गतेदेखि थापाले आफूलाई पक्राउ गर्न लागेको योजनाबद्ध प्रचार गर्दै आएका छन् र कात्तिक सकिन लाग्दा पनि उनी पक्राउ परेका छैनन् ।
उनले आफूलाई पक्राउ गर्न लागिएको प्रचार थाल्नुअघि उनले प्रधानमन्त्री वालेन्द्र शाहसँग फोन संम्वाद गरेको समाचार स्रोतहरूले दाबी गरेको छ तर प्रधानमन्त्री बालेनसँग्को उनको सम्बाद उनलाई पक्राउ गर्न लागिएको विषयमा नभएर रास्वपाको आन्तरिक झगडाको बारेमा भएको स्रोतको दाबी रहेको छ । प्रधानमन्त्री बालेनले कांग्रेस सभापति थापासँग उक्त संवादका क्रममा सहयोग मागेको समेत गगन निकट स्रोतको दाबी छ ।
रास्वपाका सभापति रवि लामिछानेले स्वतन्त्र रूपमा सरकार सञ्चालन गर्न नदिएको, रवि पक्षले हरेक नियुक्ति र निर्णयमा भाग खोजेको रवि पक्षका मन्त्रीहरूले समानान्तर क्याबिनेटको अभ्यास गर्नेगरेको सरकारले गर्ने निर्णयका बारेमा क्याबिनेटको अभ्यास गर्ने गरेको सरकारले गर्ने निर्णयका बारेमा पहिले नै बाहिर–बाहिर मोलमोलाई गर्ने गरेको पुराना घण्टीवालाहरू नसुध्रिएकाले लामो समयसम्म सँगै जान नसकिने अवस्था रहेको लगायतका विषयमा उनीहरूबीच संवाद भएको र बालेन आँट गरेर पार्टी विभाजन गर्ने हो भने त्यो बेला कांग्रेसले विनाहिचकिचावट बाहिरबाट सरकारलाई समर्थन गर्ने सम्मको कुराकानी भएको स्रोतको दाबी छ ।
रवी र बालेनबीच बढ्दै गएको विवादमा खेल्न गगनले आफूलाई पक्राउ गर्न लागेको च्याँखे थापेको हुनसक्ने राजनीतिक विश्लेषकहरूको दाबी रहेको छ । प्रधानमन्त्री बालेनसँग भित्री रूपमा सत्ता सहकार्यको बारेमा गुप्त संवाद थालेका सभापति थापाले प्रहरी नेतृत्व पनि आफूअनुकूल आएको बेला आफूलाई पक्राउ गर्न लागेको भनेर किन हावादारी प्रचारबाजी गरे भन्ने स्पष्ट रूपमा खुल्न आएको छैन तर प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच दूरी बढ्दै गएको प्रधानमन्त्री बालेनले फोन गरेर दाइ–दाइ भन्दै गगनसँग सहयोगको हात अघि बढाएपछि दुई तिहाइको घण्टीको सरकार ढाल्न सहयोग माग्न जेनजी विद्रोहपछि ओलीको मुखै नहेर्ने भनेका गगनले ओलीलाई भेट्न गुण्डु पुगेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि ती गुप्त संवादहरूका यथार्थ विवरण केही पनि बाहिर आएका छैनन् ।
‘आफूलाई पक्राउ गर्न लागिएको आफैं प्रचार’को दाबी