काठमाडौं, सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टस् बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरिले हिजो राती करिब ११ः५५ बजे पश्चिम नवलपरासी बर्दघाट नगरपालिका –४ स्थित झाडिमा लुकाइछिपाइ अवैध ढंगले राखेको सो सामान बरामद गरेको हो ।
अवैध सामान झाडिमा लुकाइराखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगनाथ पौडेलको कमान्डमा गएको टोलिले खोज तलास गर्दा करिब ८० लाख ३० हजार बराबरको मोबाइलका पार्टसहरु मोबाइल ब्याट्री,टेम्पर ग्लास, एअरबर्ड,स्मार्ट वाच र स्पिकरलगायतको सामान बरामद भएको हो । बरामद सामान आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।