मोरङ । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् ।प्रहरीका अनुसार दाहाललाई आइतबार बिहान बेलबारीबाट पक्राउ गरिएको हो । दाहालविरुद्ध मोरङमा कुनै उजुरी परेको छैन । साइबर ब्युरोमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए । दाहालविरुद्ध साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । पक्राउपछि उनलाई आवश्यक प्रक्रियाका लागि आइतबार नै काठमाडौं पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
दाहाल पछिल्लो समय बालेन शाह नेतृत्वको सरकारविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका थिए । यद्यपि, उनको पक्राउको कारणका रूपमा प्रहरीले साइबर ब्युरोमा परेको उजुरी र अदालतबाट जारी पक्राउ अनुमतिलाई उल्लेख गरेको छ । दाहाल बेलबारीमा एक कार्यक्रममा सहभागी हुन पुगेका थिए । तर, उक्त कार्यक्रमबारे प्रहरीलाई कुनै जानकारी नभएको प्रहरी उपरीक्षक कटुवालले बताएका छन् ।