काठमाडौंं, निओ स्टोरले ‘निओ फेस्टिभ फिएस्टा’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । ‘यस दशैं, अपग्रेड पनि सेलिब्रेसन पनि !’ भन्ने मूल नाराका साथ नयाँ योजना सार्वजानिक गरिएको हो ।
योजनाअन्तर्गत ग्राहकले नयाँ ल्यापटप तथा स्मार्टफोन खरिद गर्दा विभिन्न निश्चित उपहार, साप्ताहिक लक्की ड्र र बम्पर पुरस्कार प्राप्त गर्न सक्नेछन् । चाडपर्वको अवसर पारेर प्रविधि अपग्रेड गर्न चाहने उपभोक्तालाई दोहोरो लाभ दिने उद्देश्यले यो अभियान सञ्चालन गरिएको कम्पनीको भनाइ छ । अभियानअन्तर्गत ल्यापटप खरिद गर्ने ग्राहकलाई तत्कालै ‘निश्चित उपहार’ प्रदान गरिने व्यवस्था गरिएको छ ।
यस योजनामा ल्यापटप किन्ने ग्राहकले चिट्ठा कुर्नु नपर्ने गरी सातवटा दैनिक आवश्यक एसेसोरिजहरू उपहारस्वरूप पाउनेछन् । जसमा ल्यापटप ब्याग, माउस, हेडफोन, ल्यापटप सफा गर्ने क्लिनिङ किट, पेनड्राइभ, माउसप्याड तथा किबोर्ड कभर समावेश छन् । यसले गर्दा नयाँ ल्यापटप किन्नेबित्तिकै त्यसका लागि चाहिने आधारभूत सबै सामग्री ग्राहकले अतिरिक्त शुल्कविना एकमुष्ट प्राप्त गर्न सक्नेछन् ।
निश्चित उपहारका अतिरिक्त ग्राहकहरूलाई थप उत्साहित बनाउन साप्ताहिक लक्की ड्रको समेत प्रबन्ध गरिएको छ । योजना अवधिभर लगातार सात सातासम्म हरेक हप्ता ३–३ जना भाग्यशाली विजेता छनोट गरिनेछ । यसरी छानिएका विजेताहरूले आधुनिक प्रविधियुक्त ‘एक्युफिट’ ब्रान्डको स्मार्टवाच उपहार पाउनेछन् । साप्ताहिक रूपमा सञ्चालन हुने यस उपहार कार्यक्रमबाट सात हप्ताको अवधिमा कुल २१ जना ग्राहक लाभान्वित हुनेछन् । साथै ‘ग्रान्ड फिनाले’ मा तीनजना भाग्यशाली बम्पर विजेता घोषणा गरिनेछ । बम्पर लक्की ड्रमार्फत छानिने तीन जना विजेतालाई घरायसी प्रयोगका लागि बहुउपयोगी मानिएका ‘हायर’ ब्रान्डका उच्चस्तरीय उपकरणहरू प्रदान गरिनेछ । जसअन्तर्गत एक जनाले हायर वासिङ मसिन, एक जनाले हायर रेफ्रिजेरेटर र एक जनाले हायर टेलिभिजन प्राप्त गर्नेछन् ।
अभियानको अन्त्यमा पारदर्शी रूपमा बम्पर विजेताहरूको नाम सार्वजनिक गरिने कम्पनीले जनाएको छ । ल्यापटपका अलावा स्मार्टफोन खरिदकर्ताका लागि पनि निओ स्टोरले विशेष अफर ल्याएको छ । निश्चित मोडेलका स्मार्टफोन खरिद गर्दा ग्राहकलाई ‘नि–वन पियोरबिट्स मुभ’ ब्रान्डको वायरलेस इयरबड पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइनेछ । यो सुविधा साओमी÷रेड्मी, नथिङ, सामसङ, वनप्लस, ओप्पोलगायतका प्रमुख ब्रान्डका छनोट गरिएका स्मार्टफोन मोडलहरूमा लागू हुनेछ । यसैगरी, ग्राहकको आर्थिक सहजतालाई ध्यानमा राख्दै सामसङ ब्रान्डका स्मार्टफोन खरिदमा मात्र शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दी (ईएमआई) सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।