काठमाडौं, एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडले १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको प्रथम वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।
कम्पनीका अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा सम्पन्न सभाले कम्पनीको पूर्वसञ्चालन खर्च तथा सञ्चालकहरूको खर्च अनुमोदन गर्ने, उपयुक्त कम्पनीहरूलाई प्राप्ति गर्ने वा अन्य कम्पनीसँग मर्जरमा जाने तथा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।
सभाले सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षणसहितको आर्थिक प्रतिवेदन तथा लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि पारित गरेको जनाएको छ । त्यस्तै, संस्थापक समूहका सेयरधनीको तर्फबाट पाँच जना सञ्चालक नियुक्त गर्ने प्रस्तावसमेत पारित भएको छ ।