काठमाडौ, प्रोटोन ई.मास ५ दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवाड्र्स २०२६ मा दुई प्रतिष्ठित अवार्ड जितेको हो ।
कम्पनीले उत्कृष्ट सब–कम्प्याक्ट ह्याचब्याक पिपुल्स च्वाइस र उत्कृष्ट अफोर्डेबल कार– एडिटर्स च्वाइस विधामा अवार्ड जितेको हो । यी दुई अवार्डले मलेसियाको प्रतिस्पर्धात्मक विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले प्राप्त गरिरहेको विश्वास र स्वीकार्यतालाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पिपुल्स च्वाइस अवार्डले उपभोक्ताको रोजाइ र विश्वासलाई सम्मान गरेको छ भने एडिटर्स च्वाइस अवार्डले अटोमोबाइल क्षेत्रका विज्ञहरूको मूल्यांकनका आधारमा यसको समग्र गुणस्तर, उपयोगिता र मूल्यलाई मान्यता दिएको छ । यो उपलब्धिले आधुनिक डिजाइन, उन्नत प्रविधि, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगका लागि आवश्यक व्यावहारिक सुविधासहित विद्युतीय सवारीलाई थप सहज र पहुँचयोग्य बनाउने प्रोटोनको प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।