काठमाडौं, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ११ किलोग्रामसहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लुदियाना पन्जाव घर भएका ३० वर्षीय सोनी, २३ वर्षीय जागरूप सिंह र भारत कैरू हरियाणा घर भएका २२ वर्षीय साहिल रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले क्याथे प्यासिफिक एयरवेजको उडानद्वारा थाइल्यान्डबाट नेपाल आएका उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका–२६ मित्रनगर बुद्धमार्गस्थित बाग्लुङ चिनारी गेस्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्रामसहित काठमाडौं बालाजु बस्ने पाँचथर घर भएका ३२ वर्षीय मिलन लिम्बु समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले होटलको २०५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपलिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ३३ ग्रामसहित सिराहा घर भएका २४ वर्षीय समिर लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ५५२४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उक्त लागूऔषध रिसिभ गर्न आउने सिराहा घर भएका २८ वर्षीय जिवन लामालाई नागार्जुन नगरपालिका–१४ बाट पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट नियन्त्रित लागूऔषध डाइजेपाम १० एम्पुल, फेनारगन ९ एम्पुल र बुप्रेनोफिन ९ एम्पुलसहित ललितपुर गोदावारी बस्ने दोलखा घर भएका ३८ वर्षीय राज कुमार ओलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । रामेछापको मन्थली नगरपालिका–२ टेकनपुर बस्ने ४५ वर्षीय राम कुमार श्रेष्ठलाई अवैध लागूऔषध गाँजा करिब ७ सय ग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
बाँकेको कोहलपुर नगरपालिका–११ नयाँ बसपार्कस्थित होल्डिङ सेन्टरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्रामसहित सोही नगरपालिका–१३ घर भएका ३२ वर्षीय रूप सिंह गाइनसमेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–१९ कटलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३८ ग्राम ७ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश बर्मासमेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ५० मिलिग्रामसहित बर्दिया राजापुर नगरपालिका–५ पाहाडीपुर बस्ने १८ वर्षीय किशोरसमेत २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलालीको गोदावरी नगरपालिका–९ सेहरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय ६० मिलिग्राम र नगद ३५ हजार ३ सय रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–८ बस्ने ३० वर्षीय अशोक चौधरी र २४ वर्षीय दिपक चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१० घुँइयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७१ मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय सञ्जय रानलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सप्तरीको सुरूङ्गा नगरपालिका–४ पन्सेराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय राजेश कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७ सय ६० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१ चाइना गेट बस्ने २८ वर्षीय भीमसेन राजथलासमेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश ०३–००१ प ४९८६ नम्बर र ना.४४ प ४७८६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–४ पानधारे चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ६० मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर घर भएका २५ वर्षीय अनिश लामालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका–३ पुरानो कावासोतीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६७ एम्पुल, प्रोमेथाजाइन ७१ एम्पुल र बुप्रेनोर्फिन ७८ एम्पुलसहित हुप्सेकोट गाउँपालिका–६ बस्ने ३५ वर्षीय दुर्गा बहादुर सारू मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व समेतबाट खटिएको प्रहरीले डण्डाबाट कावासोतीतर्फ आउँदै गरेको ग.प्र.०४–००२ प २२३९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–५ कालिका टोल बस्ने ३० वर्षीय प्रकाश कँडेललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ६ सय ५० मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतसमेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।