काठमाडौं, एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात् बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ । कम्पनीले भदौ २ गतेबाट नै लागू हुनेगरी नयाँ पल्स दर लागू गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले साउन २२ गते दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार एनसेलको नयाँ पल्स दरका लागि स्वीकृति प्रदान गरेको थियो । प्राधिकरणको स्वीकृतिबमोजिम अब अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, इटाली, जापानमा नयाँ पल्स दर लागू भएको कम्पनीले जनाएको छ ।
यस्तै साउथ कोरिया, लेवनान, मलेसिया, न्युजिल्यान्ड, नर्वे, पाकिस्तान, पोल्यान्ड, कतार, रसिया, रोमानिया, साउदी अरेयिबा, सिङ्गापुर, साउथ अफ्रिका, स्पेन, स्वीडेन, स्विटजरल्यान्ड, ताइवान, थाइल्यान्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, मेक्सिको, लिबियालगायतका गन्तव्य मुलुकहरुमा पनि नयाँ पल्स दर लागू भएको छ । नयाँ पल्स दर कायम भएका सबै मुलुकहरुको पूरा सूची, कल तथा एसएमएसको शुल्क एनसेल वेबसाइटको ‘इन्टरनेसनल कल एन्ड एसएमएस रेट’ खण्डमा हेर्न सकिने कम्पनीले जनाएको छ ।