काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा मंगलबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२÷०८३ को मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८२÷०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा सोही आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरणहरू स्वीकृत गरेको छ । त्यस्तै, संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरू संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ । यसैगरी, सभाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ए.बि.एस. एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौंलाई वैधानिक लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
साधारण सभामा सहभागी शेयरधनीहरूले संस्थाको आगामी प्रगति, उन्नति तथा संस्थागत विकासका लागि शुभकामना व्यक्त गरेका थिए ।
उनीहरूले संस्थाले आगामी दिनमा वित्तीय सेवा विस्तार गर्दै थप प्रभावकारी सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । कोशी प्रदेशस्तरीय कार्यक्षेत्र रहेको गुराँस लघुवित्त वित्तीय संस्थाले कोशी प्रदेशका १३ जिल्लामा ३६ वटा शाखा कार्यालयमार्फत करिब २५ हजारभन्दा बढी परिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । ग्रामीण तथा विपन्न समुदायलाई वित्तीय सेवाको पहुँचमा जोड्ने उद्देश्यसहित अघि बढिरहेको संस्थाले शाखा सञ्जालमार्फत वित्तीय पहुँच विस्तार तथा समुदायको आर्थिक गतिविधिमा सहयोग पु-याउँदै आएको छ ।