काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा रियल बेटिसले रोमाञ्चक पुनरागमन गर्दै फ्रेन्च क्लब लिलमाथि ३–२ को जित निकालेको छ।नेपाली समयअनुसार मंगलबार राति लिलको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता लिए पनि बेटिसले उत्कृष्ट पुनरागमन गर्दै च्याम्पियन्स लिगको नयाँ अभियानमा विजयी सुरुवात गरेको हो।
लिलका लागि आयासे उएदाले १२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, बेटिसका मार्क बार्त्राले ३३औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि एलेक्ससान्ड्रोले ३६औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा लिल २–१ ले अघि रह्यो।
दोस्रो हाफमा बेटिसले खेलको रूप नै बदल्यो। बार्त्राले ४९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। त्यसको चार मिनेटपछि ट्रोय पारोटले ५३औँ मिनेटमा गोल गर्दै बेटिसलाई पहिलोपटक अग्रता दिलाए। त्यसपछि लिलका इथान एम्बाप्पे ५६औँ मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सीमित भयो। बाँकी समयमा बेटिसले आफ्नो अग्रता जोगाउँदै महत्वपूर्ण तीन अंक हात पार्यो।