काठमाडौं, साताको पहिलो कारोबार दिन सोमबार नैं शेयर बजार परिसुचक नेप्से खुम्चिएको छ । नेप्से आज दुई दशमलव २५ अंकले ओरालो लागेर २६ सय ४१ दशमलव ५८ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य आठ अंकले ओरालो लागेर चार सय ६३ दशमलव ६४ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ५० वटा कम्पनीहरुको ५६ हजार आठ सय १८ पटकको कारोबारमा एक करोड १९ लाख ३२ हजार ३५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब ५२ करोड ५५ लाख ११ हजार आठ सय ७२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक खुम्चिएका छन् । जसमध्ये जलबिद्युत, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी र लघुवित्त उपसमुहको सुचक पनि खुम्चिएका छन् ।