काठमाडौं, दक्षिण छिमेकी भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निमन्त्रणा पठाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा पठाएको दिल्लीमा मंगलबार आयोजित साप्ताहिक मिडिया ब्रिफिङका क्रममा सञ्चार माध्यमहरुलाई जानकारी गराएका हुन् ।
जैसवालले सञ्चार माध्यमसँग भने ‘हामिले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइसकेका छौं।’ काठमाडौं महानगरपालिकाका प्रमुख हुँदा ग्रेटर नेपालको नक्सा राख्ने शाह अहिले भने नेपालले भारतको भूमि मिचेको जवाफ संसदमा दिन पुगेका छन् । यस्तो बेलामा उनले भारतमा कस्तो वार्ता गर्छन् सर्वत्र चासोका साथ हेरिएको छ । तर, नेपाल सरकार र भारतले कुन मितिमा प्रधानमन्त्री शाहको भ्रमण हुने केही बताएको छैन ।