काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका छन् ।
सभामुखको सचिवालयका अनुसार सभामुख अर्यालले विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग मङ्गलबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा सभामुखले उनीहरुसँग छलफल गरेका थिए ।
त्यसैगरी, मङ्गलबार नै सभामुखले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए । राससका अनुसार छलफलमा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा विचार आदानप्रदान भएको थियो ।