काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाहलाई खुइल्याउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यापारी व्यवसायीहरूसँग समानान्तर रूपमा अन्तरक्रिया गर्न थालेका छन् । अर्थमन्त्री वाग्लेले यही क्रममा मंगलबार व्यापारी व्यवसायीहरूसँग मन्त्रालयमा अन्तरक्रिया गरेका छन् ।
सरकार गठन भएको सय दिनको हनिमुन पिरियडमा सुशासनका लागि नीतिगत व्यवस्थाका लागि सुषुप्त रहेका प्रधानमन्त्री शाहले त्यही अवधिमा अर्थमनन्त्री वाग्लेले कानुनी छिद्रबाट छिरेर आफ्नो स्वार्थअनुकूल कार्य गर्न थालेपछि हनिमुन पिरियड सकिएलगत्तै प्रधानमन्त्री शाहले व्यावसायिक क्षेत्रगत उद्यमी व्यवसायीसँग अन्तरक्रिया गरेर सुझाव संकलन गरेका थिए ।
बजेट भाषणअघि नै करका दर हेरफेरको सूचना चुहाएर चिनियाँ इलेक्ट्रोनिक गाडी कम्पनी बीवाईडीको नेपाली व्यापारी कम्पनी साइमेक्स इन्कलाई फाइदा पुर्याएर अर्बौँ रुपैयाँ घोटाला गरेको आरोप लागेपछि प्रधानमन्त्री शाह अर्थमन्त्री वाग्लेको कदमप्रति असहमत भएका थिए र त्यसरी नियमविपरीत झिकाइएका बीवाईडी गाडी सशस्त्र प्रहरी लगाएर नियन्त्रणमा लिएका थिए । तर त्यतिबेला अर्थमन्त्री वाग्लेले फस्ल्याङफुस्लुङ पारेर प्रधानमन्त्री शाहलाई ती गाडी छोड्न लगाएका थिए । गाडी छाडिएपछि अर्थमन्त्री वाग्लेले आफ्नो असली रुप देखाउन थालेर पार्टी सभापति रवि लामिछानेका दम्पतीलाई हात लिएर दुषित थानी हिमालयन रिसोर्ट नमोबुद्ध काभ्रेमा बास बसाउन पुर्याउने सम्मको हर्कत गरेर प्रधानमन्त्रीविरुद्ध पार्टी सभापति लामिछानेलाई भड्काउने प्रयास समेत गरेका थिए । त्यसपछि प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेको अनुपस्थितिमै विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरूसँग छुट्टाछुट्टै भेटवार्ताको सिलसिला सुरु गरेका थिए र उनीहरूसँग सुझाव लिने काम गरेका थिए । यही बीचमा अर्थमन्त्री वाग्लेले संविधानमा मोकि हक भनेर किटान गरिएको शिक्षा र स्वास्थ्यलगायतको तीन प्रतिशत समता शुल्क प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत फिर्ता लिएको घोषणा गरेको भोलिपल्ट मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेका थिए ।
आफूलाई विश्वकै अब्बल अर्थशात्री र सर्वज्ञ ठान्ने अर्थमन्त्री वाग्लेले यसअघि नै आफ्नो निर्वाचन क्षेत्र पुगेर आफू एक्सिडेन्टल पीएम हुने बताएका थिए । बजेट भाषणअघि देखि नै अर्थमन्त्री वाग्लेले आफ्नो सचिवालयमा व्यापारी भेट गराउने अलग्गै व्यक्ति तोकेको र खास–खास व्यापारीका घरमा आफैँ पुगेर सेवा दिने गरेको तर केही व्यापारीलाई मन्त्रालयमै बोलाएर एकडेढ घण्टा कुराएर पनि नभेट्ने उठी–उठी कुकर्म गरेपछि व्यापारिक क्षेत्रका व्यवसायी पनि अर्थमन्त्री वाग्लेसँग रुष्ट बन्द गएको सत्ताको उन्मादसँगै महत्वाकांक्षा र घमण्ड बढ्दै गएको सूचनापछि प्रधानमन्त्री शाहको सूचनापछि प्रधानमन्त्री शाहले उनलाई साइजमा ल्याउन सरकारको हनिमुन पिरेड सकिएपछि अन्तरक्रियाको क्रम सुरु गरेका थिए र अहिले पनि प्रधानमन्त्री शाहको त्यो कार्यक्रम जारी रहेको छ ।
यहीबीचमा अर्थमन्त्री वाग्लेले रास्वपाका सांसदहरूको एक समूह लिएर कांग्रेसमा पस्न लागेका अर्थमन्त्री वाग्लेले कांग्रेसका सभापति गगन थापासँग गोप्य रूपमा भेटवार्ता गरिसकेको अर्थमन्त्री वाग्लेले पार्टी फुटाएर कांग्रेस पसेपछि कांग्रेस सबैभन्दा ठूलो दल बनेर वाग्लेकै नेतृत्वमा सरकार गठन गर्नेजस्त बजारहल्ला चलाइएका थिए । त्यसबाट सशंकित भएर प्रधानमन्त्री शाहले आफैँ अघि सरेर अन्तरक्रिया गरेर अर्थमन्त्री वाग्लेलाई एक्लाउन थालेपछि अर्थमन्त्री वाग्ले पार्टी सभापति लामिछानेसँग टाँसिन पुगेका थिए र संविधानभन्दा माथि रहेको जस्तो देखाउने गरी पार्टी विधानमा सभापतिले आवश्यक ठानेमा संसदीय दलको नेता परिवर्तन गर्न सक्ने प्रावधान थपेर प्रधानमन्त्री शाहलाई तर्साउन खोजेका थिए ।
संविधानमा चाहिँ बहुमत प्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुने र दुई वर्षसम्म प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था छ । अर्थमन्त्री वाग्लेकै मतिमा सती गएर सभापति लामिछानेले नै पार्टी फुटाएको अवस्थाबाहेक अहिले प्रधानमन्त्री शाहलाई हटाउने ठाउँ कतै देखिँदैन तर पनि अर्थमन्त्री वाग्लेचाहिँ कानुनी छिद्र खोजेर बीवाईडी गाडी भन्सारबाट छिराएजस्तै गरी प्रधानमन्त्री शाहलाई हटाउने छिद्रको खोजीमा रहेका छन् र आफ्नो शक्ति सञ्चयका लागि व्यापारीहरूसँग हारगुहार माग्न प्रधानमन्त्री शाहको कदमसँग टकराब हुनेगरी समानान्तर अन्तरक्रियामा जुटेका हुन् ।
व्यापारीहरूसँग अन्तरक्रिया थाल्नुअघि उनले भन्सारका कर्मचारीहरूसँग अन्तरक्रियामा सयवटा मुसा खाएर हज गर्न हिँंडेको बिरालोको कथा बिर्साउने गरी तीन महिनाभित्र १४ वटा भन्सारमा ‘स्क्यानर’ राख्ने कुरा दोहोर्याएका थिए । जब कि उक्त प्रस्ताव जनार्दन शर्माले अर्थमन्त्री हुँदा बजेट भाषणमा ल्याएका थिए र उनले आफैँले पढेको बजेटमा भएको उक्त प्रावधान तीन दिनपछि थाहा पाएका थिए तर त्यो व्यवस्था अहिलेसम्म भएको छैन । उक्त स्क्यानर मेसिन राख्दा २८ सेकेन्डमै गाडीको सामान स्क्यान हुन्छ र अवैध व्यापारको क्रम पूरै रोकिने अवस्थमा आउँछ ।
त्यस्तो अवस्थामा भन्सारका कर्मचारीले कमाउने बाटो बन्द हुनेछ । उनीहरूलाई अहिले कमाउने व्यवस्था मिलाउन नेपाल इन्टर मोडल यातायात व्यवस्था समतिले गोदाम व्यवस्थापन गरेर एउटै प्रज्ञापनपत्रमा पटक–पटक उही सामानको ट्रक घुमाउने गरेको छ । त्यस्तो धन्दाको पछाडि लगाम खिचेर बसेका एक व्यापारीको घरमा अर्थमन्त्री वाग्लेले आफैँ पुगेर सेवा दिने गरेको समाचारसूत्रहरूले दाबी गरेका छन् । त्यस्ता कर्मबाट जोडिएको आम्दानी राजनीतिक श्रीवृद्धिका लागि उपयोग गरिएको नहोला भन्न पनि सकिने अवस्था देखिँदैन ।