सामाजिक सञ्जालको भ्रमजालमा स्थापित भएको अहिलेको दुई तिहाइ बहुमतको सरकारले आम सञ्चार माध्यमलाई पूर्ण रूपमा अवज्ञा र निषेश गर्दै आएको छ । सरकार गठन भएको ६ महिना पुग्न लाग्दासम्म प्रधानमन्त्री वालेन्द्र शाहले एउटा प्रेस विज्ञप्ति पनि निकालेका छैनन् । उनले निजी सञ्चार माध्यमहरूलाई मात्र होइन, सरकारी सञ्चार माध्यमहरूलाई पनि उति महत्व दिइरहेका छैनन् ।
उनका सबै शक्ति सोसल मिडिया मात्रै केन्द्रित हुँदै आएको छ । यसो गर्दा सोसल मिडियाबाट आफ्नो आम्दानी हुने एउटा प्रमुख कारण हुन सक्दछ । दोस्रो कुरा आम सञ्चार माध्यम, जसलई पुरानो मिडिया पनि भनिन्छ । त्यसको अवज्ञा गर्दा आफू नयाँ आधुनिक बढी जान्ने देखिन खोजेको पनि हुन सक्छ । तेस्रोचाहिँ मिडिया के हो र यो किन अवाश्यक छ भन्ने बुझ्दै नबुझेको हुनसक्छ तर यो पछिल्लो विकल्पको चाहिँ अत्यन्त कम सम्भावना रहेको छ । अहिले सरकारले बुझेको चाहिँ मिडिया चाहिन्छ तर पुरानो होइन, नयाँ मिडिया अर्थात् सोसल मिडिया भए पुग्छ भन्ने नै हो ।
सरकारले रास्वपा सभापति रवि लामिछानेले नेपाली पत्रकारहरूमा नामाकरण गरेको १२ भाइको कारण मिडियालाई हेर्ने विश्वव्यापी दृष्टिकोणलाई नै परिवर्तन गरेको हो कि भन्ने भ्रम पनि छ । पञ्चायतकालमा मण्डलेहरूले प्रजातन्त्रवादीहरूका विरुद्ध गर्ने प्र्रतिकार जुलुस र सभामा बोल्ने भाषाशैलीमा लण्डाधिराज माननीय गृहमन्त्री सुधन गुरुङले जेनजी दिवसमा ललल्कारेको पनि सुनियो, लामिछानेले १२ भाइको न्वारन गरेका थिए, गृहमन्त्रीले चार भाइलाई ललकारे । तर उनले ती चार भाइ को–को हुन् भनेर घोषणाचाहिँ गरेनन् । सोसल मिडियामा एउटै व्यक्तिका नाममा दर्जनौँ फेक आइडी खोलेर आफूलाई मन नपर्ने व्यक्ति र शक्तिविरुद्ध तथानाम विषवमन गर्ने गिरोहको नेतृृत्व अहिले सरकारकै वरिपरिबाट भइरहेको छ ।
चुनाबअघि सोसल मिडियामा आँधीबेरी आयो, त्यही आँधिबेरीले रास्वपालाई दुई तिहाइ बहुमत दियो । त्यो पनि नयाँको नाममा । त्यहाँ रवि लामिछाने, स्वर्णिम वाग्ले वा सोविता गौतम कोही पनि नयाँ थिएनन् । जताततै लतारेका र पटक–पटक डकारेका पात्र थिए । रवि, छवि र जीबी त नारा नै बनेको थियो ।
बाख्रा फार्म र चारवटी स्वास्नी काण्डाको रवि आफैँले व्याख्या गरेका छन् । सोविताले बलात्कार भनेको पनि गालामा थप्पड हानेको जस्तै हो भनेर सप्रसङ्ग व्याख्या गरेकै हुन् । भाउजूको देवर वाग्ले झन् पहिला पनि तर मार्न सिपालु मानिएकै छन् । नयाँको नारामा घण्टीले जिते पनि त्यहाँको नयाँ बालेन शाह मात्रै हुन् र उनी रास्वपाको पनि नयाँ हुन् । राजनीतिका पनि नयाँ हुन् । मद्येशी मुलबाट पनि नयाँ हुन् । ¥यारपरका हिसाबले पनि नयाँ हुन् । विचार भए पनि नभए पनि उनी नयाँ हुन् । उनको वरिपरि भएका पढेलेखेका गन्तव्यहीन जमात पनि नयाँ हुन् । त्यो जमातले परिवर्तन खोजेको थियो र त्यसैले घण्टीलाई सोसल मिडियामा प्रचार ग¥यो रङ्ग्यायो, जस्ताले पनि नयाँका नाममा चुनाव जित्ने दिन आयो । मतदाताले नारा नै बनाए ‘नयाँलाई भोट’ भनेर । तर उम्मेदवार को हो, कस्तो छ ? त्यसको मतलव नै राखिएन । सोसल मिडियामा फैलिएको नयाँको हावाले पुरानोलाई बढारेको थियो ।
तर अहिले त्यसलाई बिर्साउने प्रयास हुन थालेको छ । २०५६ सालमा आफ्नो नाममा भोट माग्न जाँदा जनताले भोट नदिेन र चुनाव नजितिने भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा गएका थिए र भट्टराई प्रधानमन्त्री भएर फ्रान्स भ्रमणमा जान लागेका थिए, तर कोइरालाले उनलाई राजीनामा दिन दबाब दिए । भट्टराईले फ्रान्स गएर फर्केपछि अर्थात् ५ दिनपछि राजीनामा दिन्छु भन्दा पनि कोइरालाले नमानेर राजीनमा दे कि दे भने पछि भट्टराईले संसद्लाई रुँदै सम्बोधन गरेर रुँदै राजीनामा दिएका थिए । अहिले घण्टी घरमा पनि त्यही रोग सल्किएको छ ।
अहिले लामिछाने घण्टीघरमा कोइरालाको समान भूमिकामा छन् । यद्यपि बालेन शाह किशुनजीसँग तुलना गर्न उपयुक्त पात्र होइनन् तर परिस्थितिले त्यही मोडडमा पु¥याएको छ । अहिले बालेनलाई संयुक्त राष्ट्र संघको महासभामा जान रोक्ने सामथ्र्य जुट्ने हो कि भन्ने रविले उनलाई हटाउन कुनै साइत कुर्ने थिएनन् । तर एउटा सर्वेक्षणले बालेनको चुनावअघिको लोकप्रियता अझै नघटेको देखाएको छ । उनको त्यो लोकप्रियता नघट्नुको मूल कारण सुशासन पहिला भन्ने उनको नारा नै हो । जनतालाई रविबाट सुशासन हुन्छ भन्ने आशा र भरोसा केही छैन । रवि अहिले आफूमाथि लागेका आरोपहरूबाट सफाइ लिएर सत्ता हत्याउन चाहन्छन् र स्वर्णिम–सोविता त्यसैका गोटी हुन् भन्ने सबैले बुझेका छन् । त्यसैले पनि घण्टीका सांसदहरूलाई एक्कासि बालेनलाई बिर्सिएर रपविको लाइनमा उभिन अप्ठ्यारो पारेको छ ।
सुशासनको सम्भावना परेपछि यहाँ फेरि हुने विद्रोहले कर्ण अयेजुजस्तो बनाउला भन्ने डर त सबैलाई होला नै । गृहमन्त्रीको ललकारले मात्रै त केही नहोला । त्यसमाथि पनि निकट भविष्यका तारो उनै खेलमा सरकारले जसरी मिडियालाई पाखा लगाउर सुशासनको यात्रा आरम्भ गरेको छ । त्यसले गन्तव्य भेटाउन सम्भावना देखिँदैन । राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गरेको राम्रो नराम्रो कामको समीक्षा गरेर सुधारिन आँखा देखाउँछ मिडियाले । त्यही कारण संसारभर अहिले लिखित रूपमा मिडियालाई राज्यको चौथो अंग मानिन्छ । अहिलेका घण्टी भाइबहिनीहरूलाई त चौथो अंग भन्यो भने तेस्रो अंग प्रदर्शन गरौँलाजस्तो गर्छन् र सोसल मिडिया रंगाउँछन् ।
त्यही वर्गको भावनाको प्रतिनिधित्व गरेर सरकारले काम थाल्नेबित्तिकै पत्रपत्रिकारमा छापिने विज्ञापनमा प्रतिबन्ध लगाएको थियो । पाँच महिनापछि त्यो गल्ती गरिएछ भनेर माफी पनि नमागी लुसुक्क लुकाइएको छ । मानौँ केही पनि भएको थिएनजस्तो गरेर । अर्बौँ रुपैयाँ कमिसन खाए, भ्रष्टाचार भयो भनेर त्यसो गरिएको अरे । भ्रष्टाचार भएको भए त्यो पो रोक्ने हो त, कामै रोक्ने त होइन, तर आवारा सरकारले त्यति पनि बुझ्न सकेन र मिडिया नौ बन्द गराउनतिर लाग्यो । त्यो पनि सफल भएन, सफल हुने कुरै थिएन । सरकारले पत्रपत्रिका अर्थात् मिडियामा आएका समाचारलाई वास्ता नगर्दा सुशासनको नारा जति नै घन्काए पनि घुस खाने अर्थात् भ्रष्टाचार गर्नेहरूका लागि स्वर्णकाल भएको छ । मिडियामा जे आए पनि त्यसको वास्ता नभएपछि जे गरे पनि भयो, जति खाए पनि भयो जसरी खाए पनि भयो । अहिले त्यही भएको छ । खुलमखुला भ्रष्टाचार भनिएको छ ।
सुशासन तर व्यवहारमा ‘चेक एन्ड ब्यालेन्स’ नहुँदा भएको छ भ्रष्टाचार २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि चौथो अंगलाई बलियो बनाउन तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले मिडियालाई विनाभेदभाव दिने व्यवस्था गरिएको लोक कल्याणकारी विज्ञापनमा अहिले कटौटी र अङ्कुश लगाइएको छ । सरकारको यो कदम ‘काँशी जानु कुतीको बाटो’ भनेजस्तो भएको छ । सरकार र सरकारका आसेपासे भरौटेहरूले मिडियालाई समाजभँडुवा भन्ने गरका छन् र मिडियामा समाचार नआउने हो भने समाज स्वर्ग हुने सपना देखेका छन् । विचराहरूले समाचार नआइदिए खुलमखुला लुँड्याउने सपना बोकेका होलन् । त्यसरी लुँड्याएर कसरी हुन्छ सुशासन ?
तसर्थ सुशासनका लागि मिडियासँग हातेमालो नगरी सम्भव छैन र त्यो हातेमालो १२ भाइ र चार भाइको अनुहार हेरेर हुँदैन । अन्यथा मिडियाविनाको सुशासन यात्रा सर्टिफिकेट बोलको युवाहरूको गन्तव्यहीन यात्राजस्तै हुनेछ । सपना देख्न त कसैले रोक्न सक्दैन तर पूरा हुन पनि सक्दैन ।