काठमाडौं, वितरक राठी ट्रेडिङ कम्पनी प्रालिले भक्तपुरको मनोहरामा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित कार्यक्रममा शाङच मोटर्सका इन्टरनेसनल जनरल म्यानेजर केन सुन र राठी ट्रेडिङका अध्यक्ष दिनेश कुमार राठीले राठी अटो वक्र्स तथा राठी चार्जिङ नेटवर्कको औपचारिक शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा केन सुनले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएकाले गुणस्तरीय ईभीसँगै स्पेयर पाट्र्स र बिक्रीपछिको सेवाको नेटवर्क विस्तारमा कम्पनीले प्राथमिकता दिएको बताए । राठी ट्रेडिङका अध्यक्ष दिनेश कुमार राठीले ग्राहकलाई बिक्रीपछिको प्रभावकारी सेवा, आवश्यक स्पेयर पाट्र्स र भरपर्दो चार्जिङ सुविधा उपलब्ध गराउनु कम्पनीको प्रमुख जिम्मेवारी रहेको बताए । कम्पनीका सीईओ मनोज खतिवडाले ईभीको प्रयोग विस्तारसँगै चार्जिङ पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले देशका विभिन्न स्थानमा सर्भिस तथा चार्जिङ नेटवर्क विस्तार भइरहेको जानकारी दिए । मनोहरास्थित सर्भिस सेन्टरमा एकैपटक १२ वटा विद्युतीय सवारी साधन चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसारका चार्जिङ सुविधासहित यहाँ सर्भिसिङ, चार्जिङ र वासिङको सेवा उपलब्ध हुनेछ । सर्भिसिङका लागि आवश्यक स्पेयर पाट्र्स, लुब्रिकेन्ट्स र इलेक्ट्रिकल पाट्र्स पर्याप्त मात्रामा स्टकमा राखिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सामान्य पाट्र्स देशका जुनसुकै स्थानमा ४८ घण्टाभित्र र अन्य पाट्र्स ७२ घण्टाभित्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । कम्पनीका अनुसार काठमाडौंमा हाल ४८० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । यस्तै, नवलपरासीको गैँडाकोटमा ६४० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले यही वर्ष देशका प्रमुख सहरलाई जोड्ने गरी पूर्वदेखि पश्चिमसम्म चार्जिङ नेटवर्क विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले प्रत्येक सुविधासहित ४ मेगावाट क्षमताका चार्जिङ स्टेसन विकास गर्ने र तिनलाई ‘वान स्टप सोलुसन’का रूपमा सञ्चालन गर्ने जनाएको छ ।
कम्पनीले हाल आरजेडएमका ई५ र आर५ गरी दुई मोडलका विद्युतीय भ्यान नेपाली बजारमा बिक्री गर्दै आएको छ । आरजेडएम ई५ मा ५३.५ किलोवाट आवर क्षमताको सीएटीएलको तेस्रो पुस्ताको ब्याट्री प्रयोग गरिएको छ । यसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटकको चार्जमा करिब ३०० किलोमिटर यात्रा गर्न सक्ने कम्पनीको भनाइ छ । आर५ मा ७७.२८ र ८६.५५ किलोवाट आवरका ब्याट्री विकल्प उपलब्ध छन् । ती मोडलले एकपटकको चार्जमा क्रमशः ३३० र ४०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
६० किलोवाटको चार्जर प्रयोग गर्दा आर५ करिब ४५ मिनेटमा चार्ज गर्न सकिनेछ । आरजेडएमका ईभी भ्यानमा १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, बकेट सिट, इलेक्ट्रिक पार्किङ ब्रेक, चारै चक्कामा डिस्क ब्रेक, अटो होल्ड, हिल असिस्ट, शक्तिशाली एसी, ६४ इन्चको इन्टेरियर हाइट, डायमन्ड कट अलोय ह्विल, स्पेयर ह्विल र अन्डरबडी प्रोटेक्सनलगायतका सुविधा रहेको छ । आरजेडएमका सवारी साधनमा ब्याट्रीका लागि ७ वर्ष वा ४ लाख किलोमिटर तथा मोटरलगायत अन्य प्रमुख भागमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइने कम्पनीले जनाएको छ ।