काठमाडौं, सन नेपाल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरेको छ । कम्पनीको आयोजनामा भक्तपुरमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी तथा क्षेत्रीय प्रबन्धकहरू सनत सत्याल, मुरारी प्रसाद तिवारी र आलोक खड्कालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य क्षेत्रीय प्रबन्धक आलोक खड्काले गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा विभिन्न विधामा लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । साथै, विशेष उपलब्धि हासिल गर्न सफल अभिकर्ताहरूलाई समेत सम्मान गरिएको थियो। सम्मानले अभिकर्ताहरूको योगदानको कदर गर्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन गर्न उत्प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बजार अधिकृत गणेश चौलागाईंले बागमती प्रदेशका अभिकर्ताहरूले उत्कृष्ट कार्यसम्पादन गर्दै कम्पनीको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले आगामी दिनमा पनि अभिकर्ताहरूले अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्दै कम्पनीले अभिकर्तामुखी विभिन्न कार्यक्रम, योजना तथा प्रोत्साहनमूलक स्किमहरू सञ्चालन गर्दै आएको जानकारी दिए ।
उनले अभिकर्ताको सेवा–सुविधा, क्षमता विकास तथा व्यवसायिक उन्नतिलाई कम्पनीले प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताए । त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले आफ्नै छुट्टै पहिचान र व्यवसायिक छवि निर्माण गर्न सफल भएको उल्लेख गर्दै यस उपलब्धिको महत्वपूर्ण श्रेय कम्पनीका सम्पूर्ण अभिकर्ता तथा एजेन्सी सञ्जालको मेहनत, लगनशीलता र योगदानलाई जाने बताए ।
उनले अभिकर्ताहरूलाई थप सशक्त, सक्षम र व्यावसायिक बनाउँदै कम्पनीको यात्रालाई अझ मजबुत रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । बागमती प्रदेश जीवन बीमाको व्यवसाय विस्तारका दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै अर्यालले अभिकर्ताहरूको सक्रियता, नेतृत्व क्षमता र व्यावसायिक दक्षताले कम्पनीलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखाका उत्कृष्ट अभिकर्ता, शाखा प्रमुख, क्षेत्रीय व्यवस्थापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता सम्मान तथा उत्प्रेरणामूलक कार्यक्रमले अभिकर्ताबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै नेतृत्व विकास, व्यावसायिक क्षमता अभिवृद्धि र उत्कृष्ट कार्यसम्पादनका लागि सकारात्मक ऊर्जा प्रदान गर्ने बताएका छन् ।
कम्पनीले हाल देशभर एक सय ५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा विस्तार गर्दै आएको छ । कम्पनीले अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउँदै बीमाको पहुँच विस्तार, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यवसायिक विकासलाई प्राथमिकतामा राखेर आफ्नो यात्रा अघि बढाइरहेको जनाएको छ ।