काठमाडौं, सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले साढे नौ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थाका अनुसार आम सर्वसाधारणले समेत किन्न पाउने गरी नौ हजार छ सय ५४ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
संस्थाले हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरी ३५ दिनको सूचना जारी गरेको थियो । उक्त समयमा सेयर किन्नका लागि संस्थापक सेयरधनीबाट आवेदन नआएको अवस्थामा अब सबैले किन्न पाउने गरी बिक्रीमा राखिएको संस्थाको भनाइ छ । अब भने उक्त सेयर खरिद गर्न चाहाने व्यक्ति वा संस्थाले १५ दिन भित्र आवेदन दिनुपर्ने छ ।
सेयर किन्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात संलग्न गरी यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट–५, नवलपरासी (बर्दघाट सुस्ता पर्व) मा खरिद गर्न चाहेको सेयर संख्याको व्यहोरा खुलाइ निवेदन दिनुपर्ने संंस्थाले जानकारी दिएको छ ।