काठमाडौं । पल्लभी लुब्रिकेन्ट्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आठ लाख ४६ हजार ८ सय ३० कित्ता संस्थापक सेयर बिक्रिमा राखेको हो । कम्पनीका अनुसािर हाल कायम सेयरधनीमध्ये इम्पिरियल इन्भेस्टमेन्ट प्रालिको नाममा रहेको दुई लाख ८२ हजार एक सय ८० कित्ता प्रभाकर वियानीको नाममा रहेको १५ हजार कित्ता, सबिन श्रेष्ठको नामाम रहेको एक हजार कित्ता सिक्मा क्यापिटल प्रालिको नाममा रहेको पाँच लाख ४८ हजार ६ सय ५० कित्ता सेयर बिक्रीमा राखिएको हो ।
कम्पनीका अनुसार बिक्रीमा रहेको संस्थापक सेयरको मूल्य प्रतिकित्ता एक सय २५ रुपैयाँ तोकिएको छ । बिक्रीमा रहेको सेयर खरिद गर्ने पहिलो प्राथमिकता बहालवाला (विद्यमान) सेयरधनीको हुने भएकाले । उक्त सेयर खरिद गर्न इच्छुक बहालवाला सेयरधनीहरूले यही असार २२ गतेको मितिले सात दिनभित्र कम्पनीमा सम्पर्क गरी आवेदन दिनुपर्नेछ । तोकिएको समयसीमाभित्र विद्यमान सेयरधनीहरूबाट खरिदका लागि आवेदन नआएमा, सेयरहरू नयाँ लगानीकर्ताहरूलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।