काठमाडौं । अभियान लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाका अनुसार ११ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ६७ हजार तीन सय ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
यसरी बिक्रीमा राखिएको सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । त्यसका लागि हाल कायम संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय पनौती ४, काभ्रेपलाञ्चोक वा सेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं –१, नागपोखरी नक्सालमा सेयर कित्ता संख्या खुलाएर आवेदन दिनु पर्ने छ ।
तोकिएको समय भित्र संस्थापक सेयरधनीबाट निवेदन नआएमा प्रचलित नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्रीका लागि आवश्यक कारबाही अघि बढाइने संस्थाले जानकारी दिएको छ । संस्थाका अनुसार संस्थापक सेयर धनी पुष्प जेति ढुङ्गानाको नाममा रहेको ३३ हजार पाँच सय कित्ता, देव बहादुर पाख्रिनको नाममा रहेको पाँच हजार कित्ता, दुर्गा बहादुर पाख्रिनको नाममा रहेको एक हजार कित्ता, रामप्रसाद पुडासैनीको नाममा रहेको पाँच हजार कित्ता र गुण विक्रम कुबरको नाममा रहेको दुई हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।
यसैगरी श्रीलाल माझिको नाममा रहेको नौ हजार कित्ता, घनश्याम राउतको नाममा रहेको पाँच हजार कित्ता, रमेश भण्डारीको नाममा रहेको एक हजार तीन सय ५० कित्ता, जगन्नाथ नेपालको नाममा रहेको एक हजार कित्ता र प्रदिप लामिछानेको नाममा रहेको दुई हजार पाँच सय कित्ता सेयर बिक्रीमा राखिएको हो ।