काठमाडौं । नेप्सेको उच्च गिरावटले आज बिहिबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ३० दशमलव शुन्य नौं अंकले घटेको नेप्से आज पुन १९ दशमलव ६७ अंकले घटेर २६ सय एक दशमलव ९२ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४९ अंकले घटेर चार सय ५४ दशमलव १९ अंकमा झरेको छ । धितोपत्र बजारमा आज तीन सय ६१ वटा कम्पनीहरुको ५७ हजार आठ सय ६४ पटकको कारोबारमा ८७ लाख ५१ हजार तीन सय ८० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ६१ करोड १९ लाख ५४ हजार सात सय ८२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार राताम्मै देखिएको छ ।