काठमाडौं, नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ । यस योजना ग्राहकहरूलाई स्वच्छ तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा सहजै जोडिन प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ ।
यस अभियानअन्तर्गत, बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकहरूले पाँचवटा विशेष सुविधा प्राप्त गर्नेछन् । कम्पनीका अनुसार ईएमआई फाइनान्सिङमा शून्य प्रतिशत ब्याज, १ लाख रुपैयाँसम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्ष ईएमआई भुक्तानी सुविधा, र निःशुल्क प्रिमियम एसेसरिज सुविधा रहेका छन् । ‘चेतक फेस्टिभ फाइभ’ अफर देशभरका सबै आधिकारिक बजाज तथा चेतक शोरुमहरूमा छठसम्म उपलब्ध रहनेछ ।