काठमाडौं, आईसीएफसी फाइनान्स लिमिटेडले आफ्नो २३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । फाइनान्सले मंगलबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाबाट आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट चुक्ता पुँजीको १० दशमलव ५२ नगद लाभांश (नगद लाभांशको कर प्रयोजनको लागि समेत) दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८३/०८४ को लागि बाह्य लेखापरीक्षकमा ‘एसएआर एसोसिएट्स’ चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ । उक्त वार्षिक साधारणसभाबाट पारित नगद लाभांश मंगलबार नै सेयरधनीहरूको सम्बन्धित खातामा जम्मा गरिने फाइनान्सले जानकारी दिएको छ ।
हाल चुक्ता पुँजी एक अर्ब १८ करोड ३४ लाख रहेको फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालयमार्फत एक लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिमार्फत बैकिङ्ग सेवा दिँदै आएको छ । साथै, संस्थाले चालू आवको भदौ मसान्तसम्म २२ अर्ब ६७ करोड निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड कर्जा प्रवाह गरिसकेको छ ।