काठमाडौं, नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महाएक्सचेन्ज मेला’ सुरु गरेको छ ।
मेलामा कम्पनीले नयाँ टीभीएस एनटर्क १५० र टीभीएस अपाचे आरटीआर २०० फोरभी प्रोजेक्टर हेडल्याम्प विथ यूएसडी मोटरसाइकल सार्वजनिक गरेको छ । दशैं–तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा उक्त दुई नयाँ मोडल सार्वजानिक गरिएको हो । नयाँ अपाचे आरटीआर २०० फोरभीको परिचयात्मक मूल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, टीभीएस एनटर्क १५० आइक्युब एसटीको मूल्य तीन लाख ६९ हजार नौ सय रुपैयाँ सार्वजनिक गरिएको छ ।
कम्पनीका अनुसार नयाँ अपाचे आरटीआर २०० फोरभीमा प्रोजेक्टर हेडल्याम्पसँगै यूएसडी अर्थात् अपसाइड–डाउन फ्रन्ट फोर्क जडान गरिएको छ । यसले मोटरसाइकललाई आक्रामक लुक दिनुका साथै ह्यान्डलिङमा समेत सहयोग गर्ने कम्पनीको भनाइ छ । मोटरसाइकल म्याट ब्ल्याक र ग्रेनाइट ग्रे गरी दुई रङमा उपलब्ध हुनेछ । जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले नयाँ उत्पादनले नेपाली ग्राहकलाई थप विकल्प उपलब्ध गराउने बताइन् । उनले चाडपर्वको सुरुवातमै महा एक्सचेन्ज मेलामा नयाँ उत्पादन सार्वजनिक गर्दा ग्राहकले पुरानो सवारी एक्सचेन्ज गरी विभिन्न सुविधा र अफरसहित नयाँ सवारी खरिद गर्न सक्ने जानकारी दिइन् ।
कम्पनीका अनुसार मेलामा विभिन्न आकर्षक अफर उपलब्ध छन् । मेलामा ग्राहकले १०० प्रतिशत क्यासब्याक, अर्थात् पूरा खरिद मूल्यसम्म क्यासब्याक, वा गोल्ड की अथवा १० लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसर पाउनेछन् । त्यस्तै, स्थलमै ५० भन्दा बढी भ्यालुएटरमार्फत पुरानो सवारीको मूल्यांकन गरिनेछ । कम्पनीले उच्चतम एक्सचेन्ज मूल्यांकन सुनिश्चित गर्ने जनाएको छ । हरेक दिन दुई जना भाग्यशाली ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिस पाउनेछन् । नागरिकता प्रमाणपत्र र सवारी चालक अनुमतिपत्रका आधारमा छिटो फाइनान्स सुविधा उपलब्ध गराउने व्यवस्था पनि मेलामा गरिएको छ । मेलामा आगन्तुकका लागि जिमखाना स्टन्ट शो, टीभीएसका विभिन्न मोडलको टेस्ट राइड, गेम्स जोन तथा खानपानका स्टलको व्यवस्था गरिएको छ ।