काठमाडौँ, परराष्ट्र मन्त्रालयमा बुधबार भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सो भेटमा मन्त्री खनालले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा उनीहरुबीच छलफल भएको थियो ।
मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिश्रीबीच दुई मुलुकबीचको सम्बन्ध र सहकार्यसहित ऊर्जा, उड्डयन, व्यापार, खेलकुद र शिक्षालगायतका विविध विषयमा छलफल गरेका छन् ।