काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना दर्शन गरी पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका छन् । मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेललाई स्वागत गरेका थिए ।