काठमाडौं, शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । कम्पनीले सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत चार सय भन्दा बढी विद्यार्थीहरुलाई सहयोग गरेको हो ।
कम्पनीका अनुसार यस कार्यक्रमबाट श्री आधारभूत विद्यालय, प्रयागपुरस श्री जनता आधारभूत विद्यालय, मरेवास श्री शारदा माध्यमिक विद्यालय, रामपुर बिरतास श्री जनजागृति आधारभूत विद्यालय, मनथै कुट्टीस श्री जनता आधारभूत विद्यालय, महादेवास श्री जनता आधारभूत विद्यालय, मतेर्वास श्री जनता आधारभूत विद्यालय, छघरेस जन चेतना आधारभूत विद्यालय, मलहनिया खोरीस र श्री बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालयका विद्यार्थीहरू लाभान्वित भएका छन् । कार्यक्रमअन्तर्गत विद्यालयहरूको आवश्यकतालाई ध्यानमा राख्दै सम्बन्धित विद्यालयहरूलाई पानी फिल्टर तथा पानी राख्ने जगसमेत उपलब्ध गराइएको थियो ।
शैक्षिक सामग्री वितरणका क्रममा शौर्य सिमेन्टका प्रतिनिधिहरूले सम्बन्धित नगरपालिकाका नगर प्रमुख, वडा अध्यक्ष, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापनका प्रतिनिधि तथा विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए । शिक्षालाई समुदायको दीर्घकालीन विकासको महत्वपूर्ण आधारका रूपमा लिँदै शौर्य सिमेन्टले आफ्नो कार्यक्षेत्र तथा आसपासका समुदायको शैक्षिक र सामाजिक विकासमा सहयोग गर्दै आएको छ । यस्ता कार्यक्रममार्फत कम्पनीले स्थानीय समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै सामाजिक विकासमा अर्थपूर्ण योगदान पुर्याउने लक्ष्य राखेको छ । कम्पनीले आगामी दिनमा पनि स्थानीय समुदायका आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने जनाएको छ ।