काठमाडौं, शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन शुन्य दशमलव ५५ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार आठ दशमलव ८१ अंकले उकालो लागेर २६ सय ५१ दशमलव २१ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९७ अंकले उकालो लागेर चार सय ६४ दशमलव ५९ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४७ वटा कम्पनीहरुको ४५ हजार आठ सय २२ पटकको कारोबारमा एक करोड दुई लाख २५ हजार आठ सय ७४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा लगानी र सामुहिक लगानी कोष उपसमुहको सुचक खुम्चिएका छन भने व्यापार उपसमुहको सुचक स्थिर देखिएको छ । यि बाहेक बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य उपसमुहको सुचक उकालो लागेकाछन् ।