काठमाडौं, आयुर्वेदिक औषधिहरू गैरकानुनी रूपमा उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा संलग्न रहेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ कीर्तिपुर नगरपालिका–१ अमृतनगर बस्ने प्युठान घर भएका २६ वर्षीय राम प्रसाद पोख्रेल, ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ताप्लेजुङ घर भएका २९ वर्षीय आइतमान ताम्लिङ लिम्बु, ३३ वर्षीय उज्वल लिम्बु, ललितपुर महानगरपालिका–७ घर भएका ४२ वर्षीय सन्दिप महर्जन र काठमाडौं टोखा बस्ने नुवाकोट घर भएका ४१ वर्षीय गोकर्ण अर्याल रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंबाट खटिएको प्रहरी उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट SiKVER ^ WARM THERAPY OIL, JAIPHAL MEXED OIL, ALOEVERA SKIN SERUM, GOLDENXXXCAMANDO POWER क्याप्सुललगायतका विभिन्न आयुर्वेदिक औषधिहरू बरामद गरेको छ । प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पठाइएको छ ।