काठमाडौं, अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ आयोजना गर्ने घोषणा गरेको छ । यस अभियानले नेपाली उपभोक्तालाई अझ रोमाञ्चक र लाभदायी अनलाइन किनमेल अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
साउन २२ को राति ८ बजे देखि साउन २७ (अगस्ट ७ देखि १२, २०२६) सम्म सञ्चालन हुने यस अभियान अन्तर्गत ग्राहकहरूले ७० प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी तथा ५० लाख रुपैयाँ बराबरका भौचरहरू प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले दराजमा उपलब्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूका उत्पादनहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । प्लाटिनम ब्रान्ड पार्टनर्स अन्तर्गत रहेका होनासा र बेयर एनाटमीका उत्पादनहरूमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ भने गोल्ड ब्रान्ड पार्टनर, ब्रान्डहाउसका तर्फबाट ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । त्यसैगरी, सिल्भर ब्रान्ड पार्टनर्सअन्तर्गत रहेका न्युलाइट, युग्रिन, जीएनसी र बियर्डोका चयनित उत्पादनहरूमा ७० प्रतिशतसम्म छुट उपलब्ध हुने जानकारी दिइएको छ ।
उपभोक्ताका किनमेल अनुभवलाई अझ रोमाञ्चक बनाउने उद्देश्यका साथ दराजले यस अभियानका दौरान ब्रान्ड रस आवर सञ्चालन गर्ने भएको छ । अभियान सुरु हुने दिन अर्थात् अगस्ट ७ तारिकको राति ८ बजेदेखि अगस्ट ८ को बिहान २ बजेसम्म पहिलो विशेष सेसन सञ्चालन हुनेछ । त्यसैगरी, अगस्ट ९ देखि १२ सम्म हरेक दिन बेलुका ८ बजेदेखि १० बजेसम्म ब्रान्ड रस आवर सञ्चालन गरिनेछ । यस अवधिभर ७५ भन्दा बढी प्रतिष्ठित ब्रान्डका उत्पादनहरूमा ७० प्रतिशतसम्मको विशेष छुट उपलब्ध हुने जानकारी दिइएको छ । साथै, अभियान अवधिभर, दैनिक सञ्चालन हुने फ्ल्यास सेलमार्फत पनि सीमित अवधिका आकर्षक अफरहरूमा ग्राहकहरूले लाभदायक किनमेल गर्ने अवसर प्राप्त गर्न सक्नेछन् ।
यसपटक दराजले इ–सेवासँगको सहकार्यमा डिजिटल भुक्तानीलाई थप लाभदायी बनाएको छ । अगस्ट ७ को राति ८ बजेदेखि मध्यरातसम्म इ–सेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरूले १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, अगस्ट ८ देखि ११ सम्म हरेक दिन बेलुका ८ बजेदेखि १० बजेसम्म इ–सेवा प्रयोग गरी खरिद गर्दा ९ प्रतिशतसम्म अतिरिक्त छुट उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यस अभियानको अर्को विशेष आकर्षणका रूपमा दराजले डेली मिस्ट्री डिल्स एन्ड गिभअवेज् पनि सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत अभियान अवधिभर हरेक दिन एक भाग्यशाली बिजेतालाई करिब १५ हजार रुपैयाँ बराबरका पुरस्कारहरू जित्ने अवसर प्रदान गरिने दराजले जानकारी दिएको छ ।
कम्पनीका अनुसार अगस्ट ८ देखि ग्राहकहरूले दराज नेपालको आधिकारिक इन्स्टाग्राम पेजमा सार्वजनिक गरिएका आठवटा गोप्य ( मिस्ट्री) उत्पादनहरू, तिनको वास्तविक मूल्य (एमआरपी) र विशेष अफर मूल्य हेर्न सक्नेछन् । सहभागीहरूले हरेक दिन साँझ ७ बजेसम्म ती मध्ये आफूले अनुमान गरेका कुनै तीन उत्पादनको उत्तर कमेन्ट गर्नुपर्ने हुन्छ । यसरी, सही अनुमानका साथ कमेन्टमा आफ्ना तीन जना साथीलाई ट्याग गर्ने सहभागीहरू दैनिक लक्की ड्रमा सहभागी हुनेछन् । यसरी आफ्नो सहभागिता जनाउनु भएका ग्राहकहरूमध्येबाट हरेक दिन एक जना भाग्यशाली बिजेता छनोट गरिनेछ । प्रत्येक दिन साँझ ७ बजे मिस्ट्री डिल्स सार्वजनिक गरिने दराजले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । आकर्षक छुट, विशेष ब्रान्ड अफर्स, डिजिटल भुक्तानीमा अतिरिक्त बचत, निःशुल्क डेलिभरी तथा दैनिक पुरस्कार कार्यक्रमसहित दराज नेपालद्वारा आयोजना हुने तयारीमा रहेको ‘८.८ ग्रेट एट सेल’ यस सिजनकै सबैभन्दा ठूलो र लाभदायी अनलाइन किनमेल अभियानमध्ये एक हुने कम्पनीको दाबी छ ।