काठमाडौँ, देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण भएको छ । नेपाल आयल निगमका अनुसार सोमबार काठमाडौँ उपत्यकामा मात्र ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्रीवितरण भएको छ । त्यस्तै, उपत्यकाबाहेक अन्य जिल्लामा ७५ हजार १५८ सिलिन्डर ग्यास बिक्रीवितरण गरिएको छ । निगमले काठमाडौँ उपत्यकामा आज हालसम्मकै सबैभन्दा धेरै ग्यास बिक्रीवितरण भएको जनाएको छ ।