काठमाडौं, कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारणसभाको आहृवान गरेको छ । बैंकले यही भदौ ३१ गते आफ्नो २०औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
बैंकका अनुसार साधारणसभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.व. २०८२/०८३ को संचित नाफाबाट बैंकका अग्राधिकार सेयरधनीहरूले अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि आनुपातिक रूपमा नौ प्रतिशत तथा आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभाशं पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित आ.व.२०८२/०८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व. को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धीत अनुसूचीहरु पारित गर्ने, बाहृय लेखा परिक्षक नियुक्ति गर्ने लगायतका अन्य प्रस्तावहरु रहेका छन् ।
गत वर्ष बोनस सेयर तथा नगद लाभांश गरी कुल १५ दशमलव ७८ प्रतिशत लाभांश वितरण गरेको बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ २०८३ भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, २०८३ भदौ १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।