काठमाडौँ, अपनाउन नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई निःशुल्क कल तथा डेटा सेवा उपलब्ध गराएको छ । टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनसम्म निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डेटा र ५० वटा एसएमएस उपलब्ध गराउने जनाएको छ । साथै, सेवाग्राहीलाई सचेत गराउन सचेतनामूलक रिङब्याक टोनसमेत बजाएको टेलिकमले जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार बाढीका कारण टेलिकमको रसुवामा दुई र नुवाकोटमा पाँच गरी सात वटा टावरमा क्षति पुगेको छ । गल्छीदेखि रसुवा बोर्डरसम्मको फाइबर लिंकमा समेत क्षति पुगेपछि सञ्चार सेवा प्रभावित भएको टेलिकमले जनाएको छ । सेवा पुनःस्थापनाका लागि प्राविधिक टोली निरन्तर मर्मतसम्भारमा खटिएको कम्पनीले जानकारी दिएको छ ।