काठमाडौं,नेपाली कांग्रेसका सभापति गगन थापाका ससुरा तथा नेपाल कांग्रेसका केन्द्रीय सदस्य केदार नरसिंह केसीको निवासमा राजा फर्काउने आन्दोलनका संयोजक नवराज सुवेदीसहितको टिमसँग डिनर मिटिङ भएको पाइएको छ । कांग्रेसका समानुपातिक सांसद तथा आफ्नो दाइ अर्जुन नरसिंह केसीसहित नवराज सुवेदी, राजसंस्था पुनस्र्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहाकार खेमराज सेढाईसँग डिनर मिटिङ भएको खुलेको हो ।
संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै आएका कांग्रेस नेता लोकेस ढकाल समेतको सहभागीमा असार २५ गते भएको डिनर मिटिङलाई राजनीति वृत्तमा चासोका साथ हेरिएको छ । राजावादीहरूसँग गरिएको भेटमा कांग्रेसका सभापति गगन थापाका ससुरा समेत भएका कारण पनि सभापति थापाकै रुचिमा राजावादीहरूसँग मिटिङ भएको हो वा अन्य केही छ भन्ने खुल्न बाँकी रहेको छ ।