काठमाडौं, देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुट दिने घोषणा गरेको छ । कम्पनीले घर निर्माणको तयारीमा रहेका व्यक्तिहरुका लागि नक्सा डिजाइन तथा सम्बन्धित इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यसअन्तर्गत वास्तु विश्लेषण, आर्किटेक्चर ड्रइङ, स्ट्रक्चरल ड्रइङ, स्ट्रक्चरल एनालाइसिस, थ्री–डी एनालाइसिस लगायत डिजाइनसम्बन्धी सेवामार्फत ग्राहकलाई एकीकृत डिजाइन समाधान उपलब्ध गराउने उद्देश्य राखिएको छ । कम्पनीले ग्राहकलाई घर निर्माणअघि आवश्यक प्राविधिक परामर्श लिएर योजना अघि बढाउन आग्रह समेत गरेको छ । ग्राहकले कम्पनीबाट आफ्नो जग्गाको अवस्था, घरको आवश्यकता र बजेटअनुसार डिजाइनसम्बन्धी परामर्श लिन सक्नेछन् । कम्पनीले आधुनिक डिजाइन, प्राविधिक दक्षता र ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राख्दै घर निर्माणसम्बन्धी डिजाइन सेवामा आफ्नो पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।
कम्पनीले अनुसार घर निर्माणको प्रारिम्भक चरणमै जग्गाको अवस्था, भवनको आवश्यकता, उपलब्ध क्षेत्रफल, परिवारको जीवनशैली, बजेट तथा संरचनात्मक सुरक्षालाई ध्यानमा राखेर डिजाइन तयार गर्नुपर्छ । यसका लागि देभको इन्जिनियरिङले घर बनाउने जग्गाको वास्तु विश्लेषण, आर्किटेक्चर ड्रइङ, स्ट्रक्चरल ड्रइङ तथा थ्री–डी भिजुअलाइजेसन लगायत सेवा एकीकृत रूपमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जग्गाको आकार, सडकको पहुँच, भवनको दिशा, खुला स्थान, प्रकाश तथा हावाको व्यवस्थापनलगायत पक्षलाई ध्यानमा राखेर घरको डिजाइनसम्बन्धी परामर्श प्रदान गर्नेछ । त्यसपछि घरको आवश्यकता र ग्राहकको प्राथमिकताअनुसार आर्किटेक्चर ड्रइङ तयार गर्ने कम्पनीले जनाएको छ ।