काठमाडौं, अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप सार्वजनिक गरेको छ । कम्पनीले हालै एक विशेष कार्यक्रमको आयोजना गरि नयाँ बोलेरो सार्वजानिक गरेको हो ।
कम्पनीका अनुसार नयाँ बोलेरो क्याम्पर डीसी गोल्डले मजबुत क्षमता र दैनिक प्रयोगमा आरामबीचको सन्तुलनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ । यो पिकअपमा महिन्द्राको प्रमाणित मजबुतीसँगै थप आरामदायी केबिन, आकर्षक नयाँ डिजाइन तथा आधुनिक सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ । नयाँ बोलेरो क्याम्पर डीसी गोल्डमा अघिल्लो मोडलको विश्वसनीय शक्ति र टर्कलाई थप स्तरोन्नति गरिएको छ ।
साथै एसी, म्युजिक सिस्टम, लेदर सिट तथा आकर्षक नयाँ डिजाइनजस्ता सुविधा थप गरिएकाले नेपालको विविध सडक तथा भौगोलिक अवस्थाका लागि यो अझ उपयुक्त हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यो पिकअप महिन्द्राको एमटूडीआई ४ सिलिन्डर, २,५२३ सीसी डिजेल इन्जिनबाट सञ्चालित छ । यसले ३,२०० आरपीएममा ५९.७ किलोवाट शक्ति तथा १,४०० देखि २,२०० आरपीएमबीच २२० न्युटन मिटर टर्क उत्पादन गर्ने जनाइएको छ ।
यसका अतिरिक्त नयाँ मोडलमा परिमार्जित बाह्य डिजाइन, अझ आरामदायी केबिन तथा चालक र यात्रु दुवैका लागि सुविधाजनक फिचर समावेश गरिएका छन् । नयाँ बोलेरो क्याम्पर डीसी गोल्डमार्फत थप शक्ति, उच्च टर्क, बढी आराम, आधुनिक सुविधा तथा आकर्षक डिजाइनसहितको पिकअप नेपाली ग्राहकमाझ ल्याएको र यसले बदलिँदो आवश्यकतालाई पूरा गर्दै भरपर्दो सहयात्रीको भूमिका निर्वाह गर्ने विश्वास कम्पनीले उल्लेख गरेको छ ।