काठमाडौं, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
नाडाले विहीवार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिक सबैको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने भन्दै नाडाले सहयोग गर्न सबैलाई अपिल गरेको छ ।
‘यस राष्ट्रिय विपद्को घडीमा नाडा सदैब राज्यको साथमा उभिनेछ । उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यलाई प्रभावकारी बनाउन राज्यसँगै काँधमा काँध मिलाएर उभिनु सम्पूर्ण नागरिकको कर्तव्य हो भन्नेमा हामी दृढतापूर्वक विश्वास गर्छौं’, नाडाले भनेको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडा दुःख व्यक्त गरेको छ ।