काठमाडौं, शिवशक्ति ग्रुपले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार र राहतको लागी ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासीलगायत क्षेत्रमा उद्धार तथा राहत कार्यमा तत्काल सहयोग पु¥याउने उद्देश्यले शिवशक्ति ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । रकम अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
यसैगरी, रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि., बाराले पनि १० लाख रुपैयाँ सहयोग गरेको ग्रुपले जनाएको छ । शिवशक्ति ग्रुपले विपद्का बेला पीडित परिवारलाई सहयोग गर्नु र उद्धार तथा राहत अभियानमा हातेमालो गर्नु सबैको साझा दायित्व भएको जनाएको छ । साथै, निजी क्षेत्र, उद्योगी–व्यवसायी, संघ–संस्था तथा आम नागरिकलाई आफ्नो क्षमताअनुसार राहत तथा उद्धार अभियानमा सहयोग गर्न अपिल गरेको छ ।