काठमाडौं, हिमालय अर्गनाइजेसन अन्तर्गतको म्याक्सस नेपालले रसुवा वाढी पिडितको सहयोगको लागी ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीले त्यसमध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने जनाएको छ । उक्त रकम नेपाल सरकारमार्फत सञ्चालन हुने राहत, उद्धार, पुनस्र्थापना तथा पुनर्निर्माणका प्रयासमा उपयोग हुनेछ ।
त्यस्तै, २० लाख रुपैयाँ बराबरका अत्यावश्यक राहत सामग्री खरिद गरी बाढीबाट प्रभावित क्षेत्रमा सामाजिक संस्था तथा सम्बन्धित स्थानीय सरकारसँगको समन्वयमा वितरण गरिने कम्पनीको भनाई छ । राहत सामग्री सबैभन्दा बढी प्रभावित तथा तत्काल सहयोग आवश्यक रहेका क्षेत्र पहिचान गरी प्राथमिकताका आधारमा वितरण गर्ने कम्पनीले जनाएको छ ।