काठमाडौं, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रतिले दुःख व्यक्त गर्दै पीडितको राहत तथा उद्धारका लागि सात लाख तीन हजार पाँच सय ५२ रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीका कारण प्रभावित भएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्मा परी अझै पनि सम्पर्कविहीन तथा नभेटिएका व्यक्तिहरूको सकुशल खोजी तथा छिटो उद्धारको कामना गरेको जनाएको छ ।
संस्थाले प्राकृतिक विपद्का कारण घाइते भई विभिन्न स्वास्थ्य संस्थामा उपचार गराइरहेका सम्पूर्ण महानुभावहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । विपद्को यस कठिन परिस्थितिमा सर्वसाधारण, सरकारी तथा विभिन्न संघसंस्थामा कार्यरत कर्मचारी, सामाजिक संघसंस्था, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकहरूले प्रभावित क्षेत्रमा पुर्याएको सहयोग, राहत तथा उद्धार कार्यप्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको छ ।
संस्थाका अनुुसार प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग पु¥याउने उद्देश्यले संस्थाको तर्फबाट पाँच लाख पाँच हजार तथा सम्पूर्ण कर्मचारी परिवारको तर्फबाट एक लाख ९८ हजार पाँच सय ५२ गरी जम्मा सात लाख तीन हजार पाँच सय ५२ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरिएको संस्थाले जानकारी दिएको छ ।