काठमाडौं, मुक्तिनाथ विकास बैंक लिमिटेडले नाइमा एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले योजनाअन्तर्गत पाँच दशमलव ५७ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ ।
बैंकका अनुसार विशेष ब्याजदरमा उपलब्ध हुने उक्त अटो लोन योजना २०८३ साल भदौ मसान्तसम्म लागू हुनेछ । सो अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने जनाइएको छ । ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा २४ घण्टाभित्रै अटो लोन उपलब्ध गराउने व्यवस्था बैंकले गरेको छ । यसबाट ग्राहकलाई आफूले रोजेको सवारी साधन खरिद गर्न सहज, छिटो र सरल रूपमा कर्जा सुविधा प्राप्त हुने बैंकको विश्वास छ । बैंकले यो अटो लोन सुविधा देशभर रहेका आफ्ना एक सय ७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ । नाइमा एक्स्पो २०२६ मा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकले यस विशेष योजनाबाट लाभ लिन सक्नेछन् ।
ग्राहकको आवश्यकता र बदलिँदो बजार परिवेशअनुरूप सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । नयाँ सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि विशेष अटो लोन योजनाले थप सुविधा र अवसर प्रदान गर्ने बैंकको अपेक्षा छ ।