काठमाडौं, शेयर बजारमा झिनो अंकले सुधार देखिएको छ । अघिल्लो दिन शुन्य दशमलव ७९ अंकले उकालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन बुधबार पनि शुन्य दशमलव ५५ अंकले उकालो लागेर २६ सय ४२ दशमलव ४० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३९ अंकले उकालो लागेर चार सय ६३ दशमलव ६१ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४८ वटा कम्पनीहरुको ४३ हजार नौं सय ९० पटकको कारोबारमा ८७ लाख एक हजार नौं सय ४४ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम तीन अर्ब ५३ करोड २१ लाख पाँच हजार पाँच सय १८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये पाँच वटा उपसमुहको सुचक उकालो लागेपनि बाँकी उपसमुहहरुको सुचक खुम्चिएका छन् । आज बाणिज्य बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी र सामुहिक लगानी कोष उपसमुुहको सुचक उकालो लागेकोमा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार उपसमुहको सुचक खुम्चिएका छन् ।