चितवन, लागुऔषधसहित नियमित गस्तीमा रहेको प्रहरी टोलीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउपरेकाहरूबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, डाइजोपाम, निर्फिन, फेनारगनलगायत औषधि र गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिएका छन् ।