काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’की जेठी दिदी तुलसा चन्दको निधन भएको छ ।मुटुसम्बन्धी समस्या र निमोनियाका कारण तुलसाको आज निधन भएको विप्लवले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
विप्लवले दिदी तुलसाले भाइबहिनीलाई शिक्षा दिलाउन निकै मेहनत गरेको तथा आफ्नो राजनीतिक यात्रामा सधैँ साथ र सहयोग गरेको स्मरण गरेका छन् । आमापछिकी अभिभावक गुमाउँदा परिवार शोकमा परेको उनले उल्लेख गरेका छन् ।
दिदीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विप्लवले शोकको यस घडीमा परिवारप्रति समवेदना प्रकट गर्ने पार्टी प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्यहरू सन्तोष, अनिल, रणवीरसहित पार्टी परिवार, आफन्त तथा मित्रहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।