काठमाडौं, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रयांक्युलिटी स्पाबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी र खातावाला ग्राहकहरूले ट्रयांक्युलिटी स्पाका सेवाहरूमा उल्लेख्य छुट प्राप्त गर्नेछन् । बैंकका कर्मचारीहरूले व्यक्तिगत स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवाहरूमा १५ प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, बैंकमा खाता रहेका ग्राहकहरूले व्यक्तिगत स्पा सेवामा २० प्रतिशत र ब्युटी सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ नायव महाप्रबन्धक अपूर्व प्रसाद जोशी र ट्रयांक्युलिटी स्पाका तर्फबाट लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गरेका हुन् । मंगलबार भएको यो सम्झौता आगामी दुई वर्षका लागि लागू हुने बैकले जानकारी दिएको छ ।
यो सहकार्यबाट बैंकका कर्मचारी र ग्राहकहरू प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल देशभर एक सय नौवटा शाखा कार्यालय र ३० वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनमा आफ्नो सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।