काठमाडौं, नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले ‘मनसुन निःशुल्क सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । कम्पनीले बुधवारदेखी शुक्रबारसम्म तीन दिन देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा विशेष क्याम्प सञ्चालन गर्न लागेको हो । क्याम्पमा ग्राहकहरूले ब्रेक, टायर, वाइपर, इन्जिन र इलेक्ट्रिकल प्रणाली लगायत वर्षायाममा बढी जोखिममा पर्ने भागहरूको निःशुल्क जाँच, विशेषज्ञ मर्मत सल्लाह, र पाट्र्स तथा सर्भिसमा विशेष छुटको सुविधा पाउनेछन् ।
कम्पनीले वर्षायाममा सवारीसाधन सुचारु राख्न सबै सुजुकी धनीहरूलाई यस अवसरको लाभ लिन आग्रह गरेको छ । कम्पनीका अनुसार पाट्र्स र लुब्रिकेन्टमा १० प्रतिशत, लेबरमा २० प्रतिशत, एक्सेसरिजमा १५ प्रतिशत छुट पाइन्छ भने जनरल जाँच, एसी र ब्याट्री जाँच निशुल्क हुने छ । साथै, क्याम्पका क्रममा सुजुकीले तीन जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहार प्रदान गर्ने जनाएको छ । यो क्याम्प देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा सञ्चालन हुनेछ ।