काठमाडौं, काठमाडौं महानगर–पालिका–११ स्थित थापाथली राममन्दिर पछाडि रहेको बागमती खोला किनारबाट हर्नेट राइफल १ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उक्त राइफल फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।