पूर्वीय दर्शनमा ज्योतिषशास्त्रको ठूलो महत्व रहेको छ र मानव सभ्यताको प्राचीन अवस्थादेखि नै ज्योतिषशास्त्र प्रयोगमा आएको देखिन्छ । अर्कोतर्फ ज्योतिषशास्त्र तथ्य र गणितमा आधारित भएको हुनाले मानिसहरू विश्वास पनि गर्दछन् । यसैले गर्दा अहिलेको आधुनिक युगमा पनि ज्योतिषशास्त्रमा विश्वास गर्नेहरूको संख्या बढ्दै गएको पाइन्छ ।
ज्योतिषशास्त्रअन्तर्गत आकाशमा रहेका सूर्य, चन्द्रमा, ग्रह, नक्षत्रलगायत अन्य कतिपय खगोलीय पिण्डहरूको गतिको अध्ययन पर्दछन् । विभिन्न ग्रह, पिण्डहरूको गति के, कहाँ, कुन र कसरी सन्चालन हुन्छन् भन्नेबाट धेरै कुरा बुझ्न र जान्न सकिने हुनाले यसलार्ई विज्ञानसँग पनि तुलना गर्न सकिन्छ ।
ज्योतिष शब्द संस्कृत भाषाबाट आएको हो । अर्को कुरा ज्योतिष शब्द आफैँ परिभाषित भएको पनि छ । कसैले परिभाषित गरिरहनु पर्दैन । किनभने ज्योति भनेको प्रकाश र ईश भनेको ज्ञान हो । यसरी ज्योतिष भन्नाले सामान्यतया प्रकाशको ज्ञान भन्ने बुझ्नु पर्दछ । यो शास्त्रले मानवीय जीवनका विभिन्न पक्षहरूबारे भविष्यमा आउन सक्ने सम्भावित घटनाहरूको अध्ययन तथा विश्लेषण गरेर निष्कर्ष निकाल्ने हुनाले विज्ञानमा आधारित छ भन्न सकिन्छ ।
विज्ञान र प्रविधिको अत्यधिक विकासले गर्दा अहिले ज्योतिषशास्त्र अलि उपेक्षित भएको अवस्था छ । तर, परापूर्वकालदेखि नै भारत, चीन, ग्रीस, मिश्र, नेपाल आदि देशहरूमा विवाह, व्रतवन्ध, धार्मिक चाडपर्वमा ज्योतिषशास्त्रको प्रयोग अनिवार्य नै हुन्थ्यो । जसको अभावमा कुनै पनि काम अघि बढ्नै सक्दैनथे । अहिले उपेक्षा गरेको अवस्था भए पनि यसको उपयोगिता छैन भन्नेहरू भने देखिदैनन् । किनभने कुनै न कुनै रुपमा सवै मानिसहरू ज्योतिषविद्यासँग जोडिएकै हुन्छन् ।
यहाँ एउटा सानो दृष्टान्त प्रस्तुत गरौँ । कुनै एउटा बच्चाले यो धर्तीमा च्याँ गरेर कराउँदाको अवस्थादेखि नै ज्योतिषशास्त्रले काम गरेको हुन्छ । जन्मिनासाथ उसको जन्मको टिपन गरिन्छ । न्वारन गरिन्छ । अन्नप्राशन गरिन्छ । व्रतबन्ध गरिन्छ । विवाह गरिन्छ । आखिरमा अन्तिम संस्कार पनि गरिएको हुन्छ । यसरी एउटा मान्छेको जन्मदेखि मृत्युसम्मका जति नै कार्य हुन्छन् ती सबै जोतिषशास्त्र विना सम्पन्न हुनै सक्दैनन् । यी सबै कामहरू ज्योतिषशास्त्रमा आधारित हुन्छन् । यसको अर्थ हो, मानिसको सम्पूर्ण जीवन नै ज्योतिषशास्त्रमा आधारित भएको छ । मानिसले सम्पन्न गर्ने जति नै धार्मिक तथा परम्परागत पूजापाठ, हुमादी, स्वस्तिशान्ति जस्ता कार्यहरू छन् ती सबै कुनै न कुनै रुपमा ज्योतिषशास्त्रसँगै जोडिएका हुन्छन् । त्यसैले ज्योतिषशास्त्रलार्ई मानिसको अभिन्न अंगको रुपमा लिइएको पाइन्छ ।
ज्योतिषशास्त्र कहिले–
देखि सुरु भएको हो भन्ने कुरा अहिलेसम्म पनि थाहा हुन सकेको छैन । अनादिकालदेखि नै प्रचलनमा आएको हुनाले धेरै विद्वान्हरूको विचारमा वैदिक कालदेखि नै यसको विकास भएको मानिन्छ । हाम्रा ऋषिमुनिहरूले सूर्य, चन्द्र, ग्रह ,नक्षत्र आदिको अध्ययन गरेर समयको गणना र ऋतुहरूको परिवर्तन जस्ता विषयहरूमा नियमहरूको विकास गरेका तथ्यहरू पाइन्छन् । ग्रह, राशी ,नक्षत्रहरूको अध्ययन तथा विश्लेषण गरेर भविष्यवाणी गरिने भएकोले यथार्थतामा आधारित भएको देखिन्छ न कि हचुवामा ।
ज्योतिषशास्त्र पूर्वीय दर्शनमा आधारित हुनाले संस्कृति तथा सम्पदाको संरक्षण गरी आएको देखिन्छ भने धार्मिक परम्परालार्ई हराएर जान दिएको छैन र जोगाएर राखेको छ । यसले समय व्यवस्थापन, सामाजिक र सांस्कृतिक परम्परालार्ई पनि बचाउने काम गरेको छ । साथै, व्यक्ति विशेषको लागि पनि अध्ययनको क्षेत्र बन्न गएको छ– ज्योतिषशास्त्र ।
आधुनिक विज्ञान र प्रविधिको अत्यधिक विकासले गर्दा अहिले ज्योतिषशास्त्र ओझेलमा परेको जस्तो देखिए पनि विज्ञान र प्रविधिको विकासमा ज्योतिषशास्त्रको योगदान ठूलो रहेको देखिन्छ । किनभने विज्ञानको आधार भनेको गणित हो र गणित ज्योतिषशास्त्रको अभिन्न अंग नै हो । यसरी ज्योतिषशास्त्र र विज्ञान एक आपसमा सम्बन्धित भएका देखिन्छन् ।
ज्योतिषशास्त्रको अध्ययन–
बाट नै कहिले सूर्य ग्रहण लाग्दछ ? कहिले चन्द्र ग्रहण लाग्दछ ? र, कुन देशको कुन भूगोलमा ग्रहण लाग्दछ ? भन्ने जानकारी ज्योतिषशास्त्रले बताउने भएकोले मानिसहरूले सोहीअनुसार आफ्ना कार्यहरू सञ्चालन गरेका हुन्छन् । यस प्रकारले ज्योतिषशास्त्रले मानिसलार्ई सहयोग पुर्याइ रहेको अवस्थामा यही क्षेत्रलार्ई किन उपेक्षा गरिएको छ प्रश्न अनुत्तरित नै रहेको छ ।
कुनै पनि क्षेत्र आफैमा पूर्णता हुँदैन । हुनसक्छ सबैमा केही न केही सीमितता रहेका हुन्छन् । यसमा विज्ञानको जस्तो प्रमाण पेश गर्न सकिँदैन । जस्तो एच टु ओ भन्नाले पानी भन्ने बुझिन्छ । त्यसरी सजिलै मानिसले देख्न सकिने प्रमाण नभए पनि विज्ञानमा आधारित भने हुन्छ नै । हचुवाको भरमा भविष्यवाणी गरिएको हुँदैन ।
कतिपय अवस्थामा ज्योतिषशास्त्र व्याख्यामा आधारित हुन्छ । जसरी विज्ञानका आफ्नै सिद्धान्त र मान्यता हुन्छन् त्यसरी नै ज्योतिषशास्त्रका पनि आफ्नै विधि र प्रकृया हुन्छन् । तुलनात्मक रुपमा प्रमाणमा भन्दा व्याख्यामा आधारित हुने भएकोले मानिसहरू को विश्वासमा कमी आएको हुन सक्दछ । कुनै प्रमाण पेश नहुने र जो कोही पनि म ज्योतिषी हुँ भनेर समाजमा भ्रम सिर्जना गर्ने भएकोले पनि यसप्रति विश्वासमा ह्रास आउन सक्दछ । बुझ्नुपर्ने कुरा के छ भने भविष्यवाणी गर्नको लागि आधारभूत तथ्यहरू यदि यथार्थपरक छन् भने ज्योतिषशास्त्र विज्ञानले दिने नतिजा जस्तै हुन सक्दछ ।
नेपाल, भारत जस्ता हिन्दू धर्मावलम्बी देशहरूमा भने ज्योतिषशास्त्रको महत्व झनै बढ्दै गएको अवस्था छ । अहिले पनि हाम्रा धार्मिक सांस्कृतिक चाडपर्व आदिमा ज्योतिषशास्त्र अनिवार्य नै हुन्छ । यो विना कुनै पनि शुभ अशुभ कार्य अघि बढाउन सकिँदैन । त्यसैले ज्योतिषशास्त्रको अझ विकास गर्नु अहिलेका स्थितिले स्पष्ट पारेको छ ।
नेपाल र भारतमा ज्योतिषशास्त्रको चासो हुनु स्वाभाविक हो किनभने हामी पूर्विय दर्शनमा आधारित छौँ । संसारकै सबभन्दा विकसित र धनी देश अमेरिकामा पनि ज्योतिषशास्त्रबारे मानिसले निकै चासो राख्दा रहेछन् र उनीहरूमा जिज्ञासा पनि रहेछ । ज्योतिषशास्त्रमा स्नातकोत्तर गरेकी भारत गुजरातकी मित्रा गोरले यससम्बन्धी ज्ञान धेरैलार्ई दिँदै आएकी रहिछिन् । जुनसुकै समयमा पनि सजिलै सम्पर्क गर्न सकिने र ज्योतिषसम्बन्धी प्राथमिक जानकारीदेखि उच्चस्तरको ज्ञान दिँदै आएकीले उनको प्रशंसा बढिरहेको छ । कुनै चिजको नतिजा निकाल्न विज्ञान जसरी विभिन्न कुरामा आधारित हुन्छ ज्योतिषशास्त्र पनि सूर्य, चन्द्रमा, ग्रह, पिण्ड आदिमा आधारित हुन्छ । त्यसैले ज्योतिषशास्त्रलार्ई पनि विज्ञान सरह नै तुलना गर्न सकिन्छ । ज्योतिषाचार्य मित्रा गोरको तल उल्लिखित कामबाट पनि उनको कतिसम्मको गहिरो अध्ययन छ भन्ने कुरा स्वतः अनुमान लगाउन सकिन्छ ।
ज्योतिषाचार्य मीत्रा गोर
अमेरिका जस्तो खर्चिलो र महँगो देशमा पनि निस्वार्थ भावनाले धेरै मानिसलार्ई निःशुल्क ज्योतिसम्बन्धी ज्ञान उपलब्ध गराउँनु भनेको निकै राम्रो कामको रुपमा लिन सकिन्छ । अहिलेको भौतिकवादी समाजमा यसरी निःशुल्क सेवा दिने व्यक्ति बिरलै हुन्छन् । तर, उनी भने जति सेवा दिन सक्यो उति खुसी हुँदी रहिछिन् । भारत गुजरातमा रहँदा पनि उनीले लामो समयदेखि ज्योतिषशास्त्रलार्ई नै आफ्नो वृत्ति विकासको माध्यम अपनाइ आएकी रहिछीन् । उनीले उपलब्ध गराएका सेवाप्रति मानिसहरू सन्तुष्ट भएका रहेछन् । ज्योतिषशास्त्रमा नै स्नातकोत्तर गरेकी र लामो समयदेखि यही पेशामा नै समर्पण भएकीले पनि उनीप्रति धेरै मानिसको विश्वास भएको रहेछ । अमेरिकामा रहँदा पनि उनीलार्ई खोजी खोजी आउनु भनेको उनको विज्ञताको कारण नै हुन सक्दछ ।
अहिलेको भौतिकवादी युगमा पनि निःशुल्क सेवा उपलब्ध गराएर ज्योतिषशास्त्रसम्बन्धी ज्ञान दिनु र प्रचारप्रसार गर्नुलार्ई सानो योगदान भन्न सकिँदैन । त्यसकारण भारत गुजरातकी मित्रा गोरलार्ई धेरै धेरै धन्यवाद ।