ललितपुर, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–४ सितापाखा बस्ने पर्सा घर भएका १९ वर्षीय नेसार अन्सारी, १९ वर्षीय सहजाज अन्सारी, १९ वर्षीय अर्बाज अन्सारी र १८ वर्षीय किशोर रहेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै, प्रहरीले उनीहरूको साथबाट चोरीका बा.८८ प २७८९, बा ९७ प ८८९९, बागमती प्रदेश ०३–००५ प ४८३६, बागमती प्रदेश ०२–०४८ प ६७०९, लु ३१ प ६४३१ र ना १५ प ८०१५ नम्बरको मोटरसाइकलहरू र चोरीमा प्रयोग गरिएका विभिन्न औजारहरूसमेत बरामद गरेको छ । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।