काठमाडौं, शेयर बजारमा उछाल देखिएको छ । अघिल्लो दिन शुन्य दशमलव ९४ अंकले उकालो लागेको लागेको शेयर बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार ३३ दशमलव २९ अंकले उकालो लागेर २६ सय ६४ दशमलव शुन्य छ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३२ अंकले उकालो लागेर चार सय ८१ दशमलव ७९ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४८ वटा कम्पनीहरुको ६३ हजार सात सय ४४ पटकको कारोबारमा एक करोड ९३ लाख ९७ हजार पाँच सय ४८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम सात अर्ब ४५ करोड ८६ लाख ७७ हजार तीन सय ६८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार उपसमुहको सुचक १४ दशमलव २२ अंकले खुम्चिएको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।